दफा १०२
अन्य सेवा समूहको दरबन्दी रहने
(१) सचिवालयमा निजामती सेवा अन्तर्गतका नेपाल न्याय सेवा (कानून समूह), नेपाल प्रशासन सेवा (लेखा समूह) र नेपाल स्वास्थ्य सेवाको दरबन्दी रहनेछ ।
(२) उपदफा (१) बमोजिमको दरबन्दीमा रहेको कर्मचारीले सचिवालयमा कार्यरत रहुञ्जेल बीमा बाहेक व्यवस्थापिका–संसद सेवाका कर्मचारीले पाएसरहका सबै सुविधाहरु पाउनेछ ।